देश/प्रदेश « Khabarhub

१६ दिनपछि खुल्यो मध्यपहाडी लोकमार्ग

बागलुङ– बाढीले क्षति पुर्‍याउँदा गत साउन २० गतेदेखि जिल्लाको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग मंगलबार दिउँसोबाट खुलेको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा १६ दिनदेखि लोकमार्ग ठप्प थियो । अस्थायी मार्ग खोलेपछि लोकमार्ग नियमित पुनःसञ्चालन भएको आयोजना व्यवस्थापनले जनाएको छ । “सानाठूला सबै सवारीसाधन आउजाउ गर्न थालेका छन्”, लोकमार्गका इञ्जिनीयर अर्जुन गौतमले भने…