Live on
Your Voice, Your Power
भक्तपुर– भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ । तीनतले घरको छतमा चिप्लिएर लडेपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । मृतकको शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।