देश/प्रदेश « Khabarhub

पूर्वाधार र प्रचार अभावमा ओझेल परेको ‘कोटथुम्का’

काभ्रेपलाञ्चोक– यहाँको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी मण्डन, जहाँबाट मौसम खुलेको बेला सगरमाथाको चुचुरोसँगै गणेश, जुगल, गौरीशंकर, लाम्टाङलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।  सदरमुकाम धुलिखेलबाट करिब ३० किलोमिटरको दूरीमा रहेको कोटथुम्का समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा छ । ९० वर्ष अघिसम्म यहाँबाट ११ तले धरहरा देखिँदा पर्यटकको चहलपहल हुने गरेको बुढापाकाको…