देश/प्रदेश « Khabarhub

हुम्लामा नेपाल–भारत मैत्री अस्पताल भवनको शिलान्यास

काठमाडौं- हुम्लास्थित चंखेली गाउँपालिका–२ मा नेपाल–भारत मैत्री अस्पताल भवन निर्माणको शिलान्यास गरिएको छ। भारतीय राजदूतावासका अनुसार बिहीबार शिलान्यास गरिएको उक्त अस्पताल भवन भारत सरकारको करिब १४ करोड ८० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत चंखेली गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ। शिलान्यास कार्यक्रममा चंखेली गाउँपालिकाका अध्यक्षसहित अन्य सरोकारवालाहरूले…