Live on
Your Voice, Your Power
काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच समझदारी भएको छ। मंगलबार अपराह्न भएको समझदारीअनुसार प्रदेश सरकार गठन तथा सञ्चालनमा तीन दलबीच सहकार्य गर्ने सहमति भएको हो। समझदारीपत्रमा संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थायित्व, सुशासन तथा समृद्ध बागमती प्रदेश निर्माणलाई साझा उद्देश्यका रूपमा अघि सारिएको छ।…