देश/प्रदेश « Khabarhub

भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते 

अछाम – भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते भएकी छिन् ।  जिल्लाको ढकारी गाउँपालिका–३ अनारीगाउँकी १५ वर्षीया दिलकुमारी बुढालाई आइतबार भालुले आक्रमण गरेर घाइते बनाएको हो ।  घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा बालिकालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि धनगढी पठाइएको छ ।