देश/प्रदेश « Khabarhub

करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर- पुनर्वास नगरपालिका-१ अंशुबर्मा टोल बस्ने ७२ वर्षीय चन्द्र दत्त गौतमको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।  सोही ठाउँस्थित विद्युत्को पोलबाट चुँडिएको तारबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।