देश/प्रदेश « Khabarhub

अछाममा भीरबाट लडेर एक महिलाको मृत्यु

 अछाम– अछाममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  जिल्लाको मंगलसेन नगरपालिका–३ लाक्षीमनाकी उज्जली अउजीको घाँस काट्न गएको बेला बुधवार भीरबाट खसेर मृत्यु भएको हो।  गाउँ नजिकै रहेको कोटसिम सामुदायिक वनबाट घाँस काटेर फर्किने बेलामा भीरबाट खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय सुरेन्द्र बोगटीले जानकारी दिए। करिब तीनसय मिटर तल खसेर उनको निधन भएको बताइएको छ।