देश/प्रदेश « Khabarhub

नेपालमा थप ६४ जनामा कोरोना संक्रमण

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ६४ कोरोना संक्रमित थपिएका छन् । १५१ पीसीआर परीक्षणबाट २१ तथा ८०५ एन्टिजेन परीक्षणबाट ४३ संक्रमित थपिएका हुन् ।  पीसीआर संक्रमित ४५ जना संक्रमणमुक्त भएका छन् । १५ हजार ८७ जनाले खोप लगाएका छन् । हाल ११ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेका उपचाररत छन् ।