Live on
Your Voice, Your Power
कास्की- गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्तिमार्फत गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपेका सङ्क्रमितहरू तनहुँका ७ जना र नवलपरासी पूर्वका १८ जना छन् । ती मध्ये ५ जना महिला छन् ।