Live on
Your Voice, Your Power
रूपन्देही - रुपन्देहीको गैडहवा गाँउपालिकामा शुक्रबार संक्रमण पुष्टि भएका सात जना पनि भारतबाटै आएको खुलेको छ । भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएका उनीहरू सबै भारतको मुम्बइ र दिल्लीबाट आएको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए । यसअघि उक्त गाउँपालिकामा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।