इन्काउन्टरमा मारिए गुण्डा नाइके विकास दुबे | Khabarhub Khabarhub

इन्काउन्टरमा मारिए गुण्डा नाइके विकास दुबे


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको कानपुरमा प्रहरी इन्काउन्टरमा गुण्डा नाइके विकास दुबेको मृत्यु भएको छ ।

उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले दुबेलाई उज्जैनबाट सडकमार्ग हुँदै कानपुर लगिरहेका बेला सवारी दुर्घटना भएको थियो ।

दुर्घटनापछि हतियार खोसेर भाग्ने प्रयास गरेका दुबेको प्रहरी कारबाहीमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रहरीका अनुसार गाडी दुर्घटनामा केही प्रहरी घाइते भएका छन्। दुबेले घाइते प्रहरीको हतियार खोसेर भाग्न खोजेका थिए।

त्यस क्रममा प्रहरीले उनलाई घेरा हालेको थियो । आत्मसमर्पण गर्न आग्रह गरे पनि विकासले फायरिंग सुरु गरेको प्रहरीको दाबी छ । त्यसपछि प्रहरीले पनि फायरिंग गरेको र गोली लागेर गम्भीर घाइते भएका दुबेको मृत्यु भएको जनाइएको छ ।

कानपुर आठ जना प्रहरीको हत्याका मुख्य अभियुक्त दुबेलाई बिहीबार प्रहरीले गिरफ्तार गरेको थियो।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ९ : ५५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार