Live on
Your Voice, Your Power
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्कको गलत प्रयोग गर्दा त्यसको उपयोगिता शून्य हुने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मास्कको गलत प्रयोग गर्नु मास्क नलगाउँदाको जत्तिकै खतरा हुने बताए । डा. गौतमले गृह मन्त्रालयको निर्देशनपछि मास्क प्रयोग गर्नेहरुको संख्या बढे पनि मास्कलाई धेरैले चिउँडोमा मात्र लगाएको भन्दै त्यसो गर्न नहुने बताए ।…