Live on
Your Voice, Your Power
बार्सिलोना- स्पेनको बार्सिलोनामा भएको सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । स्याङ्जा विरूवा गाउँपालिका-६ चिन्नेबास स्थायी घर भएका २३ वर्षीय पुजन कोईरालाको शनिबार राति भएको दुर्घटनामा ज्यान गएको हो । होम डिलीवरीको काम गर्ने कोइराला कामकै क्रममा दुर्घटनामा परेका थिए । खाना पुर्याउन जाँदै गरेका उनलाई फोहोर बोक्ने सवारीले ठक्कर दिएको थियो ।…