राजनीति Archives | Page 1401 of 1997 | Khabarhub Khabarhub

प्रतिनिधिसभाको बैठकमा एमालेको नाराबाजी

कठमाडौँ– प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी लगाइरहेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर चालू संसदको नवौँ अधिवेशनका सुरुकै बैठकदेखि लगातार एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका छन् । एमाले विभाजनमा सभामुख सापकोटाले पदीय मर्यादाविपरीत काम गरेको एमालेको आरोप छ ।