Live on
Your Voice, Your Power
सुर्खेत– पञ्चपुरी नगरपालिका-१० बस्ने ४५ वर्षीय जगतबहादुर खत्रीसहित तीनजनालाई भरुवा बन्दुक ३ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तातोपानीबाट खटिएको प्रहरीले जगत बहादुर खत्रीसहित ३ जनाको घरबाट उक्त बन्दुक फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।