प्रहरी Archives | Page 14 of 111 | Khabarhub Khabarhub

सिरहाबाट दुईवटा भरुवा बन्दुक बरामद

राजविराज। सिरहा प्रहरीले शनिबार दुईवटा भरुवा बन्दुक बरामद गरेको छ। गोलबजार नगरपालिका–१० धरमपुरको पोखरी बाँध नजिक प्रहरी टोली देख्नासाथ १०र१२ जनाको समूहमा रहेका व्यक्तिहरू फरार भएका थिए। त्यहाँ प्रहरी पुग्दा उनीहरूले छोडेको बोराभित्र बारुद भरिएको दुईवटा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले फरार व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।