Live on
Your Voice, Your Power
काठमाडौँ- नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न बनेको छ। सिभिल अस्पतालतर्फबाट तीनकुने जाने सडकबाट पानी तीव्र गतिमा बग्दै सडकभरि फैलिएकाले सडक पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। पानीको उच्च प्रवाहका कारण त्यहाँ गुड्ने सवारी साधन साथै पैदलयात्रीहरु समस्यामा परेको प्रहरीले जनाएको छ। बगिरहेको पानीका कारण ट्राफिक व्यवस्थापनमा समेत चुनौती उत्पन्न भएको छ।