समाचार « Khabarhub

बेलायतले हुवावेका सञ्चार परियोजना रोक्न सक्ने

एजेन्सी– सुरक्षाको कारण देखाउँदै बेलायतले पाचौँ पुस्ताको टेलिकम्युनिकेशन सेवा फाइभ जी तथा अन्य संवेदनशील सञ्चार पूर्वाधारको विकासका लागि चिनियाँ कम्पनी हुवावेलाई अनुमति नदिने भएको छ । सरकारले राष्ट्रिय सुरक्षामा चुनौती थप्नसक्ने हुवावे वा अन्य चिनियाँ कम्पनीलाई बेलायतको रणनीतिक रुपमा महत्वपूर्ण सञ्चार परियोजनामा समावेश नगराउने अधिकार दिनेगरी कानून निर्माण हुनसक्ने द सन अखबारले लेखेको हो ।…