Live on
Your Voice, Your Power
विराटनगर- नेकपा एमाले र राप्रपाका सांसदहरुले कोशी प्रदेशसभाको बैठक बहिष्कार गरेका छन् । बुधबार बैठक सुरू भएलगत्तै एमाले र राप्रपाका सांसदहरूले बहिष्कार गरेका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै उनीहरुले बैठक बहिष्कार गरेका हुन् । बुधबारको बैठकको अध्यक्षता पनि सहभागीमध्येका ज्येष्ठ सदस्य कांग्रेसका इस्राइल मन्सुरीले गरेका छन् ।…