Live on
Your Voice, Your Power
तानसेन- अविरल वर्षाको कारण पाल्पाको तानसेन नगरपालिका–८ डुम्रे नजिकै सिद्धार्थ राजमार्गमा पहिरो खसेसँगै सवारी आवागमन प्रभावित भएको छ । मंगलबार मध्यान्ह १२ बजे खसेको पहिरोका कारण डुम्रे हुँदै बुटवलतर्फ आउँने जाने सवारी साधन प्रभावित भएका हुन् । पहिरो हटाइ सडक खुलाउने प्रयास भइरहेको प्रहरी चौकी प्रभासले जनाएको छ ।