ब्रेकिङ स्टोरी « Khabarhub

नक्कली शरणार्थी प्रकरण : १६ जनालाई नै थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ-  नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा हिरासतमा रहेका १६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले २ दिन म्याद थप गरेको छ । अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित हिरासतमा रहेका १६ जनाकै म्याद २ दिन थपिएको हो ।  प्रहरीले मंगलबार उनीहरुलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगेको थियो ।…