ब्रेकिङ स्टोरी « Khabarhub

संसद भवननजिकै आत्मदाहको प्रयास गर्ने एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौँ- नयाँ बानेश्वरस्थित संसद भवननजिकै एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पेट्रोल छर्केर ती व्यक्तिले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई तत्कालै नियन्त्रणमा लिएर उद्दार गरिएको छ । पारिवारिक कारणले ती व्यक्तिले आत्मदाहको प्रयास गरेको बताइएको छ ।