ब्रेकिङ स्टोरी « Khabarhub

युक्रेनको बाटो हुँदै रुसी ग्यास आपूर्ति बन्द

मस्को - युक्रेनले रुसमा ग्यास आपूर्तिका लागि आफ्नो भूमि प्रयोगमा रोक लगाएको छ। मस्कोसँगको सम्झौता बुधबार सकिएपछि युक्रेनले सो निर्णय गरेको हो। यो अपेक्षित तर अर्थपूर्ण निर्णय मानिएको छ। लगभग तीन वर्ष युद्ध भइसकेपछि युक्रेनले रुसकै कारण क्षति व्यहोरेको छ। अन्य युरोपेली देशले भने युद्धको सुरुवाती चरणमा नै रुसी ग्यास प्रयोग नगर्ने निर्णय गरिसकेका थिए।…