ब्रेकिङ स्टोरी « Khabarhub

अब काठमाडौँ प्रशासनमा प्रजिअले गुनासो सुन्ने, ६५ वर्ष माथिकालाई सहयोगीमार्फत सेवा

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आजदेखि विभिन्न सेवा प्रवाहमा ‘समय कार्ड’ लागू गरेको छ । यस्तै गुनासो सुन्न प्रजिअ आफैँ सक्रिय हुनुहुनेछ भने ६५ वर्षमाथिका नागरिकलाई सेवा दिन सहयोगी खटाउन थालिएको छ । अन्य अशक्त, दूधे बालक बोकेका महिलालगायतलाई भने लाइनमा नराखी सेवा प्रवाह गर्ने व्यवस्था पनि मिलाइएको छ…