ब्रेकिङ स्टोरी « Khabarhub

पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी 

पोखरा- पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो । कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीच भनाभन भएको बताइएको छ ।  त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरूले नाराबाजी गरेका हुन् ।