शिक्षा « Khabarhub

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि हुने

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ०७९ जेठ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको बोर्ड बैठकले जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। परीक्षाको तालिका भने छिट्टै प्रकाशन गर्ने बोर्डले जनाएको छ।