समाचार Archives | Page 111 of 418 | Khabarhub Khabarhub

थप ३ हजार ८५३ जनाले जिते कोरोना

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ । निको हुने दर ९२.६ प्रतिशत पुगेको मन्त्रालयले जानकारी दिएको छ ।