Live on
Your Voice, Your Power
काठमाडौँ- दक्षिणपूर्वी एसियाली मुलुक फिलिपिन्समा आएको बाढीका कारण ४२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भीषण वर्षासँगै आएको बाढीमा परी ४२ जनाको मृत्यु भएको हो । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै सहरहरू बिहीबार रातभरि परेको भीषण वर्षाका कारण प्रभावित भएका छन् । फिलिपिन्सको बङ्सामोरो अटोनोमस रिजन इन मिन्डानाओ (बीएआरएमएम) नामक स्वशासित…