समाचार « Khabarhub

सप्तकोशी नदीमा पानीको बहाव बढ्यो

काठमाडौं– लगातारको अविरल वर्षापछि कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा बढिरहेको छ ।  केही बेरअघि गरिएको मापनअनुसार कोशी ब्यारेज भएर ९७ हजार ८५५ क्युसेक पानीको बहाव देखिएको छ। नियन्त्रण कक्षले यसलाई ‘सामान्यभन्दा माथिको अवस्था’ भनेको छ। हिजो देखिको अविरल वर्षाका कारण विभिन्न नदीनालाहरूमा पानीको बहाव बढिरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।