Live on
Your Voice, Your Power
काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता बन्ने भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई सरकारको कानुनी सल्लाहकार अर्थात् महान्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गरेकी हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तमा नियुक्त गर्नेछिन् । यदि महान्यायाधिवक्ता नियुक्त भए पहिलो महिला प्रधानमन्त्रीकै पालमा उनी पहिलो महिला महान्यायाधिवक्ता हुनेछिन्।