Live on
Your Voice, Your Power
खाँदबारी– सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा आज ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । खाँदबारी किमाथांका सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा ट्रयाक्टर भीरबाट खस्दा त्यसमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। …