समाचार « Khabarhub

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

म्याग्दी– जिल्लाको धवलागिरि गाउँपालिका–६ मराङबाट आज प्रसूति व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयका अनुसार । मराङ स्वास्थ्यचौकीमा प्रसूति व्यथा लागेर आएकी विष्णुकुमारी गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर गण्डकी अस्पताल पोखरा पुर्‍याएको हो । गण्डकी प्रदेश सरकारले विकट क्षेत्रमा जटिल अवस्थाका सुत्केरी र गर्भवतीको उद्धारका लागि निःशुल्क हवाई उद्धार गर्दै आएको छ…