समाचार « Khabarhub

त्रिपुरेश्वर चोकमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

काठमाडौं - काठमाडौंको त्रिपुरेश्वर चोकनजिक कम्बलले बेरेर छाडेको अवस्थामा शङ्कास्पद बस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल युनिटले उक्त शङ्कास्पद बस्तु डिस्पोज गरेको हो । त्रिपुरेश्वरस्थित बस बिसौनीनजिकै फेला परेको वस्तुबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।