समाचार « Khabarhub

भैँसीले हान्दा एक जनाको मृत्यु

सिन्धुली– सिन्धुलीको सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक वृद्धको मृत्यु भएको छ । आज बिहान घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले भैँसीले हानेर घर्तीको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए ।