समाचार « Khabarhub

हावाहुरीले घर भत्किँदा एक जनाको मृत्यु

झापा– हावाहुरीका कारण घर भत्किँदा झापामा बुधबार राति एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका– ५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो । हावाहुरीले टिनको छाना भएको घरको बिम खस्दा त्यसले च्यापिएर मगरको मृत्यु भएको बताइएको छ ।