Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट संयुक्त अधिराज्यको लण्डनका लागि उडेको एअर इन्डियाको यात्रुवाहक विमान आज दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताएका छन्। सो दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत गहिरो दुःख व्यक्त गरेका छन् ।