समाचार « Khabarhub

कांग्रेस पदाधिकारी बैठक : ‘कुलिङ पिरियड’मा एमालेको संशोधन प्रस्ताव आपत्तिजनक

काठमाडौं– सत्तारूढ नेपाली कांग्रेसभित्र पछिल्ला दिनमा देखिएको आन्तरिक असन्तुष्टि र नीतिगत मतभेदबीच पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक गरेका छन्। शुक्रबार बिहान बूढानीलकण्ठस्थित देउवाको निवासमा बसेको बैठकमा सरकारमा सहभागी मन्त्रीहरूसमेत बोलाइएका थिए। बैठकमा पार्टी नेतृत्वको समग्र कार्यशैली, मन्त्रिपरिषद्मा सहभागी नेताहरूको भूमिकालगायत विषयमा छलफल भएको हो। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी कांग्रेस नेताहरूबीच बढ्दो…