Live on
Your Voice, Your Power
काठमाडौं- न्याय परिषदद्दारा उच्च अदालतका रिक्त न्यायाधीश नियुक्तिको प्रकिया अघि बढाएको छ। परिषदको बिहीबार बसेको बैठकले उच्च अदालतमा रिक्त रहेका २७ जना न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको प्रवक्ता डा. अशोककुमार क्षेत्रीले जानकारी दिए । उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका अधिकांश नामहरू जिल्ला न्यायाधीशका रुपमा कार्यरत छन् ।