Live on
Your Voice, Your Power
काठमाडौं- भारतबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य घटबढ भएर आएको छ। नेपाल आयल निगमले भने अहिलेलाई नेपालमा खुद्रा मूल्यमा कुनै हेरफेर नगर्ने जनाएको छ। निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज डिजेलको मूल्यमा प्रतिलिटर ०.१२ रुपैयाँ र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर ०.२० रुपैयाँ घटेर आएको छ। तर, पेट्रोलको मूल्यमा प्रति लिटर ०.४१ रुपैयाँ बढेर आएको छ।