Live on
Your Voice, Your Power
लमजुङ– लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेटमा मर्स्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्पमापन केन्द्रले उक्त भूकम्प ३.१ रेक्टरस्केलको भएको जनाएको छ । भूकम्पको धक्का जिल्लाका अन्य ठाउँमा पनि महसुस गरिएको थियो ।