समाचार « Khabarhub

तीनपिप्लेमा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका-३ तीनपिप्ले भुवनेश्वरी मन्दिर नजिक माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अलिराज बोहराका अनुसार आज दिउँसो काभ्रेको बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएका यात्री बोकेको बा१ज ८६८५ नम्बरको माइक्रोबस तारकेश्वर-३ तीनपिप्ले भुवनेश्वरी मन्दिर नजिक उकालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको हो ।…