समाचार « Khabarhub

राजसंस्था पुन:स्थापनाको माग राख्दै काठमाडौंमा बाइक र्‍याली (तस्बिरहरू)

काठमाडौं- संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले राजधानीमा मोटरसाइकल र्‍यालीको आयोजना गरेका छन् । मङ्गलबार राजधानीको सामाकोशीमा शाही युवा शक्ति नेपालद्वारा आयोजित बाइक र्‍यालीमा सयका हाराहारीमा युवाहरू  सहभागी  थिए ।   र्‍यालीमा राज संस्थानको पुन:स्थापनाको माग राखी सामाकोशीदेखि रत्नपार्कसम्म आयोजना गरिएको थियो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी