समाचार « Khabarhub

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ - नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ । संसदीय दलको कार्यालय, सिंहदरबारमा दिउँसो ३:३० बजे बैठक बोलाइएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को प्रभावकारिता तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । बैठकका लागि कांग्रेसले आफ्ना सबै सांसदहरूलाई उपस्थिति हुन निर्देशन दिएको छ ।