समाचार « Khabarhub

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक, संसद् अधिवेशन बोलाउन सक्ने 

काठमाडौं- अहिले मन्त्रीपरिषद् बैठक बसिरहेको छ  ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीपरिषद् बैठक बसिरहेको हो। बैठकमा सरकारले संसद्‌को हिउँदे अधिवेशन बोलाउनेबारे छलफल हुने बताइएको छ ।  यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने सरकारको योजना छ।