Live on
Your Voice, Your Power
काठमाडौं– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले समस्याग्रस्त आयोजनाहरूमा समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । मन्त्रालयअन्तर्गतका कार्यालय प्रमुखहरूलाई मंगलबार मन्त्रालयमा बोलाएर उनले समस्याग्रस्त आयोजनाबारे चासो राखेका हुन् । छलफलमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशन मचाकाजी महर्जन र नयाँ सहर आयोजनाका निर्देशक एकराज अधिकारीले आफ्नो कार्यालयअन्तर्गतका आयोजनामा रहेका समस्या र चुनौतीबारे जानकारी गराएका थिए । …