समाचार Archives | Page 1924 of 8246 | Khabarhub Khabarhub

बुटवलबाट पटाकासहित एक जना पक्राउ

बुटवल – साढे ३ लाख रुपैयाँ बराबरका पटाकासहित बुटवलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ३ लाख ३७ हजार ९ सय ८१ बराबरको पटाकासहित बुटवल–५ का २१ वर्षीय सुरज गुप्तालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। बिक्रीका लागि बुटवल–६ सुन्दरनगरमा सुरज गुप्ताको घरमा भण्डार गरेर राखिएको पटाका बरामद गरिएको प्रहरीको भनाइ छ ।