समाचार « Khabarhub

परराष्ट्रमन्त्री राणाद्वारा जालपादेवी केबलकार शिलान्यास

कैलाली – जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज शिलान्यास गरेका छन्। लम्की चुहाँ नगरपालिका–३ स्थित कर्णाली चिसापानीमा तीन दशमलव एक किलोमिटर लामो केबलकारको यहाँ आयोजित एक विशेष कार्यक्रमबीच उनले शिलान्यास गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा देउवाले जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक…