समाचार « Khabarhub

परराष्ट्रमन्त्री डा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच आज जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ ।  संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा देउवा र स्वीस विदेशमन्त्रीबीच साइडलाइन भेटवार्ता भएको हो ।  भेटका अवसरमा उनीहरुबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो ।…