समाचार Archives | Page 2276 of 8274 | Khabarhub Khabarhub

सुन तस्करी प्रकरण : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

काठमाडौँ- सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । विद्युतीय चुरोट भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा उपाध्यक्ष महराका छोरा राहुललाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोधपुछका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी पुगेका उनलाई त्यहीँबाट पक्राउ गरिएको हो ।